भाषा मात्रै एउटा यस्तो माध्यम हो, जसको माध्यमबाट हामीले विभिन्न कला, साहित्य, इतिहास, परम्परा, धार्मिक रितिरिवाज, संस्कार, चालचलनलाई बुझ्न र बुझाउन सकिन्छ । हरेक जात–जातिमा भाषाको आ–आनै अस्तित्वका साथै जातीय पहिचानका रूपमा लिने गर्दछ । समाज आधुनिकीकरण भएस"गै तामाङ समाजमा पनि यसको ठूलो प्रभाव परेको देखिन्छ । यो देशमा आदिम कालदेखि नै बसोबास गर्दै आएका र यी देशका भू–भागलाई भोगचलन गर्दै आएको तामाङहरूको आनै भाषा, संस्कृति र परम्परा धर्म तथा छुट्टै पहिचान रहेको छ । नेपालका विभिन्न आदिवासी जनजातिको कूल जनसङ्ख्याको ६५ प्रतिशत जनसङ्ख्या तामाङ आदिवासी जनजाति रहेको पाइन्छ । तामाङ आदिवासी जनजातिका उद्गम थलोका रूपमा नेपालका रसुवा, काभ्रे, रामेछाप, सिन्धुपाञ्चोक साथै सिन्धुली जिल्लालाई लिने गर्दछ । एउटै पहिचान बोकेका तामाङहरूमा पनि आजको दिनमा आएर भाषागत रूपमा एकरूपता भने देखि"दैन । बस्ती बस्तीअनुसार तथा जिल्ला जिल्लामा कतै भाषाको लवज र कतै शब्दमै फरक उच्चारण भएको पाइन्छ । सामान्य शब्द 'पानी' लाई काभ्रे जिल्लाका आसपासमा बोलीचालीको भाषामा क्युअी, उही शब्दलाई रसुवा, सिन्धुली जिल्लामा क्यू' तथा रामेछाप दोलखा जिल्लाका आसपासमा कुअी भन्ने गरेको पाइन्छ ।
एउटै शब्दमा किन र कसरी फरकपन उत्पन्न तथा फरक उच्चारण भयो त ∕ आज हामी तामाङहरूले सोच्नै पर्ने आएको छ, अन्यथा हामी तामाङहरू विचमा पनि भाषगत् द्वन्द्व नहोला भन्न सकिन्न । म तामाङ ठूलो तथा फलानो तामाङ सानो ठूलो भन्ने मनमुटाव उत्पन्न नहोला भन्न सकिन्न । यसो हुनाले आजको दिनमा कुनचाहि" तामाङले बोलेको भाषालाई झर्रा तामाङ भाषा भन्ने विवादमा परेको छ । यसरी हाम्रो भाषामा एकरूपताका साथै जातिय पहिचान जगेर्नाका निमित्त हामी तामाङहरूको इतिहास खोतल्नै पर्ने हुन्छ ।तामाङ राज्यको अन्तिम राजा म्हेमे रिन्जेन दोर्जे, म्हेन्दो माया व्हाअी तथा विभिन्न फापरे व्हाअी को इतिहासले पनि के अनुमान गर्न सकिन्छ भने, काभ्रे जिल्लाको तिमाल वरपर र रसुवा जिल्लाको धुन्चे वरवरका तामाङ बस्तीमा बोलीने भाषालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ । इतिहासकार, विद्वान वर्ग र विभिन्न मानव तथा समाजशास्त्रीहरूले पनि काभ्रे जिल्लाको तिमाल वरपर र रसुवा जिल्लाको धुन्चे वरवरका तामाङ बस्तीमा बोलीने भाषालाई झर्रा तामाङ तथा अन्य बस्तीहरूमा बोलिने भाषालाई ठिमाहा (दोस्रो जातीय भाषास"ग मिल्दोजुल्दो) भन्ने गरेको पाइन्छ । काभ्रे जिल्लाका अन्तिम तामाङ राजा म्हेमे रिन्जेन दोर्जे, रसुवा जिल्लाका म्हेन्दोमाया र विभिन्न कालखण्डमा गाएका फापरे व्हाअीका इतिहासले गर्दा काभ्रे तथा रसुवा जिल्लालाई तामाङहरूको उद्गमस्थलको रूपमा बढि चिनिन्छ ।
हामी तामाङहरू आर्थिक रूपमा असबल, सामाजिक तथा राजनीतिक तवरले राज्यबाट पाउनुपर्ने सेवा सुविधावाट वञ्चित भएका छौ" । राज्यको कुनै पनि मूलधारमा समावेश नगराइएको तामाङहरू नेपालभरी बसाई सरी आफ्नो आवश्यकता पूर्तिका निम्ति देशव्यापी रूपमा छरिन पुगेका मानवशास्त्री तथा तामाङ इतिहासकारहरूको भनाइ रहेको छ । यसैकारण उक्त घुलमेल तथा सहजीकरण अपनाउनका निमित्त गरेको सङ्घर्षले गर्दा हाम्रो भाषा, संस्कारमा, तथा रिमठीममा केही आशिंक रूपमा फरकपन आएको मानवशास्त्रीहरूको दावी छ ।आजको २१ औ शताब्दी, आधुनिक प्रविधिको युगमा हामी तामाङहरू आधुनिकीकरण भएको नाममा आफ्नो भाषालाई प्राथामिकता नदिने, अरूको नक्कल तथा देखासिकी गर्ने, जानी नजानी विदेशी संस्कारलाई अवलम्बन गर्ने गर्नाले पनि तामाङ भाषामा विभेद् एवं जटिल बन्दै गएको पाइन्छ । हामी घर नबनाउनेले टोल, टोल नबनाउनेले सभ्य समाज, समाज नबनाउनेले यो राज्य कदापी बनाउन सकि"दैन र कल्पना नगरे हुन्छ । हाम्रो घर भनेको हाम्रो भाषा, सभ्यता, संस्कार, रितिरिवाज (रिमठीम) धर्म तथा रहनसहन हो । यो विषयमा गम्भीर बन्न नसकेसम्म तामाङ जाति अपूर्ण तथा आफ्नो पहिचानका लागि झुक्नुपर्ने हुन्छ ।त्यसैले, तामाङ भाषा मात्रै एउटा यस्तो माध्यम हो, जसले तामाङ इतिहास बोकेको छ, तामाङ संस्कृतिको उत्थान गर्दछ, जातीय पहिचानको अस्तित्व जोगाउ"छ, तामाङ हुनुमा गर्वको भान हुनेछ । अतः हाम्रा अग्रज आखे म्हेमे, ताम्बाहरूले संरक्षण गर्दै आएको तामाङ पहिचानमध्ये भाषाको संरक्षण तथा निन्तरताको आज आवश्यकता देखिन्छ । हाम्रो छुट्टै पहिचान भएर त आज हाम्रो इतिहास फरक छ, भाषा, संस्कृति र परम्परा धर्म फरक छ र गौरवका साथ भन्ने गछौर्" हामी तामाङ । आखेम्हेमे, बाजेले दिनुभएको एउटै उपहार तामाङ भाषा छ र त गौरवका साथ 'म तामाङ' 'हामी तामाङ' भन्छौ । भाषा नै छैन भने केका लागि हामी तामाङ ? तामाङ भाषा मात्रै एउटा यस्तो माध्यम हो, जसको माध्यमबाट हामीले तामाङ कला, साहित्य, इतिहास, परम्परा, धार्मिक रितिरिवाज, संस्कार, चालचलनलाई बुझ्न र बुझाउन सकिन्छ ।
प्रकाशन: छार गोङ्मा मासिक पत्रीका 2071 Jestha Janak Tamang
|
मासिक पत्रीका 2071 Jestha
No comments:
Post a Comment