Sunday, November 9, 2014

लैगिंक विभेद रहित तामाङ समाज

Janak Tamang
(जनक तामाङ (मोक्तान)
कुनैपनि व्यक्तिको जन्म सँगै पाएको लैगिंक अस्तित्व वा शारिरिक बनावटलाई आधारमानी प्रत्यक्ष वा अप्रत्यक्ष ढंगवाट हुने गरेका विभेदपुर्ण कार्यलाई लैगिंक असमानता भनिन्छ । समानता र असमानताको मतभेदलाई प्रष्ट पार्नका लागी समाजमा भएका हरेक किसिमका सामाजिक संरचना, मुल्य मान्यता, रितिरिवाज तथा परम्पराले मुख्य भुमिका खेलेको हुन्छ । सामान्यतय तामाङ समाजको तुलनामा अन्य समाजमा महिता भएकै कारण दासत्वको जिवन विताइरहेको पाइन्छ । विषेशगरि समाजमा हुने लैगिंक विभेदमा व्यैतिक स्वतन्त्रता, सामाजिक संस्कार तथा परम्परा, सामाजिक निती नियम तथा मुल्य मान्यता र भाषाले गर्दा समानता र असमानताको ठुलो खाडल वनाएको पाइन्छ । यद्दपि, तामाङ समाजमा भने यस्ता समस्या रहेको पाँइदैन ।

    कुनैपनि व्यक्तिको जन्मरुपी चिनारी, पहिचान तथा परिचय माथि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगवाट हुने गरेका विभेदपुर्ण कार्यलाई लैगिंक असमानता भनिन्छ । व्यक्तिसँग सम्वन्धित जोडिएको जातिय उपनाम (जातिय नाम) वा थर नै पहिलो पहिचान हो । जुन कुरामा जब सम्म स्वतन्त्र तथा विभेद हट्दैन तब सम्म समानता सहितको समाज निर्माण गर्न सकिन्न । साधारणतय हाम्रो नेपाली संस्कारमा कुनै ब्यक्ति पुरुष भएमा उसको जन्म देखी मरण पश्चात सम्म पनि एउटै थरमा सिमित रहन्छ भने, कुनै ब्यक्ति महिला भएमा विवाह अघि र विवाह पछि थर परिवर्तन हुन्छ । विवाह पश्चात् आफ्नो श्रीमान् कुन थरको हा,े सोही अनुसार स्वत श्रीमतीको नाम संग श्रीमानको थर जोडिने चलन रहेको छ । तर हाम्रो तामाङ समाजमा कुनैपनि तामाङ चेलीको थर विवाह पश्चात पनि परिवर्तन हुदैन । विवाह पश्चात कुनै चेलीले थर परिवर्तन गरेर श्रीमान्को थर झुण्डाउनु भनेको श्रीमान् वा श्रीमान्को कुलको दासत्व आत्मासरण र आफ्नो अस्तित्व नाश गराउनु हो । जस्तै ‘मोक्तान’ थरकी चेलीले ‘बोम्जन’ थरको कुटुम्बसँग विवाह हुन्छ भने उनी ‘बोम्जन’ हुदैन, तामाङ समाजका नियम अनुसार उनी मोक्तान नै रहन्छे, अर्थात उसको थर परिवर्तन हुदैन । यसकारण के भन्न सकिन्छ भने, हरेक पुरुषको जन्म देखि मृत्यु पर्यन्त सम्म पनि एउटै थर भए भैm, हाम्रो तामाङ समाजमा जो कोहीको पनि जन्म देखि मरण पश्चात पनि एउटै थरमा सिमित हुन्छ । हरेक व्यक्तिमा आफ्नो नाम तथा थरको आफ्नो छुट्टै अस्तित्व रहेको हुन्छ । प्रत्येक महिलामा म आफु फलानो थरको र कुल घरको छोरी भनेर गर्व गर्नमा जति, म फलानो थरको र कुल घरको वुहारी भन्नमा त्यति गर्व रहेको हुदैन । तामाङ समाज मात्रै एउटा यस्तो लैगिंक विभेदमुक्त तथा समाबेशिता समाज हो, जहाँ कुनैपनि तामाङ चेलीको विवाह पश्चात उसको थर परिवर्तन हुदैन  ।
    तामाङ समाजमा कुनैपनि चेलीको विवाह गर्ने क्रममा कन्यादान दिने परम्परा छैन । विवाह भन्नाले माइतीले चेलीको रगत र मासु (भौतिक शरिर) मात्रै कुटुम्बलाई सुम्पिनु हो । जुनै बेलामा पनि त्यस चेलीको भौतिक शरिर परलोक (मृत्यु) भएको अवस्थामा त्यस चेलीको अस्थि (हाड) माइतीलाई फिर्ता गरिनु पर्दछ । उक्त हाडलाई थरको संज्ञा दिइन्छ । यसरी चेली जुन कुटुम्बको घर गएपनि, जन्म थरमै आफ्नो अस्तित्व कायम गर्दछ र मृत्यु पश्चात पनि उनी आफ्नो जन्म घर र थरमा नै फर्किएकी हुन्छे । यसर्थ विवाह पश्चात् पनि चेलीको अस्थि माइतीको वंशमा नै रहन्छ । त्यसैले तामाङ चेली गाईवस्तु वा बेचविखनको कुनै वस्तु होइन । विवाहपश्चात् पनि चेलीको हकहधिकार र कर्तब्य माइती घरमा रहिरहन्छ । 

    तामाङ चेलीहरुको इच्छा विपरित तथा कोही कसैको जर्वजस्ती, करकापमा परी विवाह गरिदैन । विवाहमा छोरीको राजीखुसी तथा केटा र केटीको आपासी मन्जुरिको ठुलो महत्व हुन्छ । यदि कुनै चेलीको कसैले बल प्रयोग गरि जवर्जस्ती वा अपहरण गरेर लगेतापनि सम्बन्धित चेलीले विमती जाहेर गरेमा उक्त विवाह माइती तथा तामाङ समाजलाई स्वीकार्य हुदैन । यस्तो अवस्थामा हप्तादिन सम्म पनि माइती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृत रहेको हुन्छ । चेली माइतीमा आउँछिन र चेलीकै इच्छाअनुसारको अर्को कुटुम्बसँग पुन विवाह गरिदिन्छन अर्थात चेलीको घरजमाको मामिलामा चेलीकै विचार सर्वोपरि हुन्छ

    समाजका विभिन्न संरचना अन्र्तगत भाषा एउटा यस्तो माध्यम हो जसका आधारमा लैगिंक हिंसा तथा असमानाताको जड गडेको पाइन्छ । साधारण अर्थमा भन्नुपर्दा महिला र पुरुषका लागि प्रयोग हुने भाषमा फरकपनले गर्दानै समाजमा लैगिंक असमानता भएको पाइन्छ । भाषा कै माध्यमबाट समाजमा लैगिंक विभेद सृजना गरेको पाइन्छ । तामाङ भाषा मात्रै एउटा यस्तो भाषा हो जहाँ लिगंको आधारमा विभेद हुदैन । आर्थत तामाङ समाजमा महिला या पुरुष दुवैलाई प्रयोग गर्ने भाषा एउटै हुन्छ ।

जस्तै :
नेपाली भाषामा, ‘रामको छोरा र उसका साथी दिपक स्कुलबाट आएछन्’ । (पुरुषको भाषा)
नेपाली भाषामा, ‘रामको छोरी र उसकी साथी दीपिका स्कुलबाट आएछिन्’ । (महिलाको भाषा)
 ईङ्रग्लिस भाषामा, Ram's son and his friend, Deepak came from school’. (पुरुषको भाषा)
 ईङ्रग्लिस भाषामा,  Ram's daughter and her friend, Dipika came from school’. (महिलाको भाषा)
 तामाङ भाषामा, ‘रामला जा थेन थेला रो दिपक स्कुल ग्यामसे खाजिम्’ । (पुरुषको भाषा)
 तामाङ भाषामा, ‘रामला जामे थेन थेला रो दीपिका स्कुल ग्यामसे खाजिम्’ । (महिलाको भाषा)


यहाँ नेपाली, ईङ्रग्लिस र तामाङ भाषामा महिला र पुरुषमा प्रयोग भएको लैगिंक असमानतालाई प्रष्टाउन प्रयास गरेको छु । जस्तै नेपाली र ईङ्रगलिस भाषामा उसका÷उसकी, आएछन्÷आएछिन् र His and Her को प्रयोग भएको छ भने, तामाङ भाषामा समान रुपमा एउटै शब्दलाई थेला र खाजिम् प्रयोग भएको छ । यस तामाङ समाजमा महिलाकै लागि भनेर फरक भाषाको प्रयोग तथा निमार्ण गरिएको हुदैन । महिला वा पुरुष विच कुनै भिन्नता छैन, सबैका लागि एउटै समान किसिमका भाषा प्रयोग गरिन्छ । यद्दपी क्षेत्री बाहुनहरुले तामाङ भाषालाई व्याकरण अशुद्धि भने पनि तामाङ समाजमा यसलाई लैगिंक विभेद रहित भाषाको संज्ञा दिएका छन् । यसर्थ के भन्न सकिन्छ भने भाषागत रुपमा तामाङ समाजमा विभेदरहित वा भाषाको माध्यमबाट लैगिंक विभेद मुक्त समाज भन्न सकिन्छ । यसका आधारमा के भन्न सकिन्छ भने तामाङ समाज मात्रै एउटा त्यस्तो समाज हो जहाँ लैगिंक विभेद रहित समाज हुन्छ ।

Contact: anxious.lama@gmail.com or fb@janaktamang02

No comments:

Post a Comment